पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर सडक सञ्चालन
ratopati.com · Tue Sep 01 16:55:48 GMT 2026

गुल्मी । अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी कोरिडोर सडकखण्ड सञ्चालनमा आएको छ । मंगलबार बिहान आएको पहिरोका कारण कालीगण्डकी कोरिडोर खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
सडक निर्माण कम्पनी, स्थानीय पालिका र सुरक्षाकर्मीको समन्वयमा आज दिनभर डोजर प्रयोग गरी पहिरो पन्छाएसँगै उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
Read full story at source (ratopati.com)