सांसद खड्काद्वारा आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग
ratopati.com · Wed Aug 19 12:12:41 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
सांसद खड्काले आफ्नो तीन दिनको पारिश्रमिक दिने पूर्व प्रतिबद्धता अनुसार थप रकम समेत जोडेर जम्मा २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका हुन् । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा उनले मृतक गणेश नेपालीको परिवारलाई उक्त रकम प्रदान गरेका हुन् ।
Read full story at source (ratopati.com)