कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
nepalnews.com · Wed Aug 19 12:18:27 GMT 2026

कर्णाली। प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन्। १२ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहीले बुधबार विश्वासको मत लिएका हुन्। दिउँसो ३ बजेपछि बसेको संसद वैठकमा विश्वासको मत पाउँ भनी उनले प्रस्ताव पेश गरेका थिए।
प्रस्तावका पक्षमा मुख्यमन्त्री शाहीले २१ मत प्राप्त गरे। बैठकमा ४० जना सभासदमध्ये मध्ये सभामुखबाहेक ३६ जना उपस्थित थिए। तीमध्ये विपक्षमा १३ जनाले मतदान गरे। दुई जना तटस्थ बसे। तटस्थ बस्नेमा नेकपाले आफ्नो सांसद गनेका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र राप्रपाका सांसद सन्तोषी शाही छन्।
Read full story at source (nepalnews.com)