राष्ट्र संघको ८१ औं महासभामा बालेन नजाने, नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्रीले गर्ने
clickmandu.com · Wed Aug 19 12:18:29 GMT 2026

काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१ औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नजाने भएका छन् । महासभामा नेपालको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले प्रतिनिधित्व गर्ने भएका हुन् ।
मन्त्रिपरिषद्को आजको बैठकले परराष्ट्र मन्त्रीको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुन स्वीकृति प्रदान गरेको हो । भ्रमणका क्रममा नेपालले जलवायु परिवर्तन, अल्पविकसित राष्ट्रका मुद्दा र विश्व शान्तिबारे आफ्नो धारणा राख्नेछ ।
Read full story at source (clickmandu.com)