एनसेलले सरकारलाई बुझायो झण्डै रु. ५ अर्ब नवीकरण दस्तुर
corporatenepal.com · Wed Aug 19 12:19:01 GMT 2026

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रा.लि.ले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई चार अर्ब ९६ करोड ४५ लाख ८२ हजार १९१ रुपियाँ भुक्तानी गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको तीनधारास्थित नबिल बैंकमा रहेको खातामा उक्त रकम दाखिला गरेको कम्पनीले जानकारी दिएको छ । एनसेलले बुझाएको रकममा नवीकरण दस्तुरको बाँकी किस्ताबापत चार अर्ब २५ करोड रुपियाँ सावाँ रहेको छ ।
Read full story at source (corporatenepal.com)