कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
nepalpress.com · Wed Aug 19 12:25:23 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा शाहीको पक्षमा २१ र विपक्षमा १३ मत परेको छ । दुई सांसद तटस्थ बसेका छन् ।
४० सदस्यीय प्रदेशसभामा ३६ जना सांसद मतदानमा सहभागी भएका थिए । नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका सांसदले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका छन्। नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने विपक्षमा मतदान गरेका छन् ।
Read full story at source (nepalpress.com)