एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलको पल्स दर परिवर्तन, ६० सेकेन्ड लागू
rajdhanidaily.com · Wed Aug 19 12:31:14 GMT 2026

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको एनसेलले मंगलबारबाट लागू हुने गरी १९८ गन्तव्य मुलुकका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ (बहिर्गमन कल) को पल्स दर परिवर्तन गरेको छ ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको गत २२ साउनको स्वीकृतिबमोजिम एनसेलले ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको हो । दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार एनसेलको नयाँ पल्स दरका लागि निर्णयानुसार स्वीकृति प्रदान गरेको हो ।
Read full story at source (rajdhanidaily.com)