सञ्चार क्षेत्र का लागि ‘रूपान्तरणकारी वर्ष’ बनाउने सरकारको लक्ष्य
nepalnews.com · Wed Aug 19 12:35:45 GMT 2026

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता भएको छ। सूचना तथा सञ्चार मन्त्रालय र मातहतका निकायमार्फत चालु आर्थिक वर्षमा सम्पादन गरिने प्रमुख काम तथा हासिल गर्नुपर्ने उपलब्धिलाई समयसीमासहित परिणाममुखी बनाउन प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच कार्यसम्पादन सम्झौता गरिएको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र सञ्चारमन्त्री तिमिल्सिनाले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताप्रति आदानप्रदान गरे।
Read full story at source (nepalnews.com)