रिक्त राजदूत पदमा नियुक्ति प्रक्रिया अन्तिम चरणमा : परराष्ट्रमन्त्री खनाल
kendrabindu.com · Wed Aug 19 12:35:57 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मुलुकमा रिक्त रहेका नेपाली राजदूतका पदमा नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले प्राप्त सिफारिस तथा आवेदनमाथि मन्त्रालय तहमा छलफल भइरहेको र छिट्टै नियुक्ति प्रक्रिया टुंगोमा पुर्याइने जानकारी दिएका हुन् ।
मन्त्री खनालका अनुसार रिक्त राजदूत पदका लागि प्राप्त भएका नाम तथा सिफारिसमाथि आवश्यक छलफल भइरहेको छ। निर्धारित प्रक्रियाअनुसार उम्मेदवार छनोट गरी राजदूत नियुक्तिको प्रक्रिया अघि बढाइने उनले बताए ।
Read full story at source (kendrabindu.com)