कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीलाइ विश्वासको मत
rajdhanidaily.com · Wed Aug 19 12:57:18 GMT 2026

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अनुमोदन गरेपछि शाहीले सरकार सञ्चालनका लागि संवैधानिक आधार पाएका हुन्।
४० सदस्यीय प्रदेश सभाको बैठकमा ३६ जना सांसद सहभागी थिए। मतदानमा मुख्यमन्त्रीको पक्षमा २१ मत परेको थियो भने १३ सांसदले विपक्षमा मतदान गरेका थिए। दुई सांसद तटस्थ बसेका थिए।
Read full story at source (rajdhanidaily.com)