बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, चालक र सहचालकसहित दुई जना पक्राउ
ukeraa.com

रौतहट : बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा एक ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। बालिकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक म्याजिक गाडीका चालक र सहचालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा जीतपुर सिमरा–२ का १६ वर्षीय म्याजिक सहचालक सुमन थापा र ना १ ज ७७५८ नम्बरको म्याजिक गाडीका चालक २४ वर्षीय प्रोग्रेस चौधरी रहेका छन्।
Read full story at source (ukeraa.com)