भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ स्वदेश फिर्ता
annapurnapost.com · Wed Aug 19 13:00:17 GMT 2026

काठमाडौं : चार दिने नेपाल भ्रमणमा आएका भारतीय सेना प्रमुख धीरज सेठ स्वदेश फिर्ता भएका छन्। प्रधान सेनापति शोकराज सिग्देलको औपचारिक निमन्त्रणमा नेपाल आएका सेठ बुधबार अपराह्न स्वदेश र्फिकएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिप जंग केसीले विदाई गरे।
सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरेका थिए। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाह र सेठबीच शिष्टाचार भेटवार्ता भएको थियो।
Read full story at source (annapurnapost.com)