बालेनसँग भएन अमेरिकी कार्यवाहक राजदूतको भेट, प्रधानमन्त्री अमेरिका नजाने पनि पक्का
nepalviews.com · Wed Aug 19 13:14:03 GMT 2026

काठमाडौं । काठमाडौंस्थित भारतीय र चिनियाँ राजदूतसँगको भेटसँगै एकथरिको अनुमान थियो, अब छिट्टै प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनको भ्रमण गर्नेछन्। तर, बुधबार सार्वजनिक मन्त्रिपरिषद्को एउटा निर्णयले प्रधानमन्त्री शाह भारत भ्रमणमा जाने योजनामा छैनन् भन्ने कुराको स्पष्ट सन्देश दिएको छ।
संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री शाहले नगर्ने निश्चित भएसँगै प्रधानमन्त्री शाह तत्काल भारत र चीनको भ्रमणमा पनि जाने छैनन् भन्ने ‘पक्का’ जस्तै भएको हो। संयुक्त राष्ट्रसंघको महासभा आगामी २३ भदौदेखि न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा हुँदै छ।
Read full story at source (nepalviews.com)