बागमतीमा राप्रपाको समर्थन ‘अनधिकृत’ भन्दै १२ घण्टे स्पष्टीकरण
ratopati.com · Wed Aug 19 13:15:46 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार गठनका क्रममा पार्टीको निर्णयविपरीत समर्थन गरेको भन्दै सम्बन्धित सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बुधबार फेसबुकमार्फत सार्वजनिक गरेको धारणा अनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको साउन २० गते बसेको बैठकले प्रदेश सरकारका सम्बन्धमा पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको थियो। उक्त अधिकार संसदीय दलका नेता उद्धव थापालाई नदिइएको राप्रपाको दाबी छ।
Read full story at source (ratopati.com)