कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
annapurnapost.com · Wed Aug 19 13:30:52 GMT 2026

वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा शाहीको पक्षमा २१ मत परेको छ भने विपक्षमा १३ मत परेको छ।
मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि सोमबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए। बुधबार बसेको बैठकमा उक्त प्रस्तावमाथि छलफलपछि मतदान गरिएको हो। मतदानमा प्रदेशसभाका ३६ जना सांसद सहभागी भएका थिए।
Read full story at source (annapurnapost.com)