वैवाहिक बलात्कारमा सर्वोच्चले दियो सफाइ, बायोमेट्रिक हाजिरी र मेडिकल रिपोर्टलाई मानियो आधार
nepalpress.com · Wed Aug 19 13:42:56 GMT 2026

चितवन । वैवाहिक जबरजस्ती करणी मुद्दामा ललितपुर धोविघाट निवासी सञ्जय महर्जनलाई सर्वोच्च अदालतले सफाइ दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले २०८२ चैत १५ गते फैसला सुनाउँदै उच्च अदालत पाटनको अघिल्लो निर्णय उल्टी गरी महर्जनलाई सफाइ दिने अन्तिम निर्णय गरेको हो ।
यस कानुनी विवादको सुरुआत ललितपुर जिल्ला अदालतबाट भएको थियो । जिल्ला अदालतले २०७६ असार ३१ गते प्रतिवादीको कार्यस्थलमा उपस्थिति र वस्तुनिष्ठ प्रमाणको अभावलाई मुख्य आधार मान्दै महर्जनलाई निर्दोष ठहर गरेको थियो । तर उक्त फैसलाविरुद्ध सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन गरेपछि उच्च अदालतले २०७६ चैत ४ गते जिल्लाको फैसला उल्टाउँदै मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (४) बमोजिम महर्जनलाई १ वर्ष कैद सजाय सुनाएको थियो।
Read full story at source (nepalpress.com)