गरिमा विकास बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण, गभर्नरबाट विधिवत् उद्घाटन
corporatenepal.com · Wed Aug 19 13:35:51 GMT 2026

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित नवनिर्मित केन्द्रीय कार्यालयको आज विधिवत रुपमा उद्घाटन भएको छ ।
बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापित केन्द्रीय कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलज्यूले एक समारोहबीच उद्घाटन गरेका हुन् । उक्त कार्यालयको समुद्घाटनसँगै हाल लाजिम्पाट, काठमाण्डौमा रहेको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौमा स्थानान्तरण गरिएको छ ।
Read full story at source (corporatenepal.com)