एनसेलले बुझायो झण्डै ५ अर्ब नवीकरण दस्तुर
annapurnapost.com · Wed Aug 19 13:43:48 GMT 2026

काठमाडौं : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रा.लि.ले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १ सय ९१ रुपैयाँ भुक्तानी गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको तीनधारास्थित नबिल बैंकमा रहेको खातामा एनसेलले उक्त रकम दाखिला गरेको हो।एनसेलले बुझाएको रकममा नवीकरण दस्तुरको बाँकी किस्ताबापत ४ अर्ब २५ करोड रुपैयाँ सावाँ रहेको छ।
Read full story at source (annapurnapost.com)