कर्णालीमा एमालेबाट तीन मन्त्री नियुक्त
nepalnews.com · Wed Aug 19 13:57:19 GMT 2026

सुर्खेत। कर्णाली प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट तीन जना मन्त्री सहभागी भएका छन्। बुधबार नियुक्त भएका उनीहरुले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्। नियुक्त भएका मन्त्रीहरुलाई बुधबार साँझ प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
एमाले संसदीय दलले आर्थिक मामिला तथा योजना मन्त्रालयमा टेकराज पछाई,सामाजिक विकास मन्त्रालयमा जितबहादुर मल्ल र जलस्रोत तथा उmर्जा विकास मन्त्रालयमा कलबहादुर हमाललाई पठाएको हो। बुधबार नै एमालेले अर्थसहित तीन वटा मन्त्रालय पाउने सहमति भएको थियो।
Read full story at source (nepalnews.com)