प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग
ratopati.com · Tue Sep 01 17:11:39 GMT 2026

पर्वत । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पर्वतबाट रु २१ लाखभन्दा बढी रकम सहयोग प्रदान गरिएको छ । जिल्लामा रहेका स्थानीय तह र विभिन्न सङ्घसंस्था र व्यक्तिहरूवाट गरी रु २१ लाख १३ हजार जम्मा गरिएको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको जनाइएको छ ।
सबैभन्दा बढी जिल्लाको मोदी गाउँपालिकाले रु १० लाख, पैँयू गाउँपालिकाले रु दुई लाख, बिहादी गाउँपालिकाले रु एक लाख ५० हजार, महाशिला गाउँपालिकाले रु एक लाख ११ हजार, जलजला गाउँपालिकाले रु एक लाख जम्मा गरिएको जानकारी दिएका छन् ।
Read full story at source (ratopati.com)