विजयपुर खोलाले बगाएका अर्का किशाेरको पनि शव भेटियो
ratopati.com · Wed Aug 19 14:40:35 GMT 2026

पोखरा । पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका अर्का किशाेरको पनि शव फेला परेको छ। १५ वर्षीय ओमन राईको शव तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ८ पुल्चोक घाट स्थित दुलेगौंडा नजिकैको सेती नदी किनारमा फेला परेको हो।
राई साउन ३० गते विजयपुर खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए। उनको शव पाँच दिनपछि फेला परेको हो। दुई बालक बेपत्ता भएको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं २४ हेड क्वाटर पोखराको गोताखोर टोली निरन्तर खोजीका लागि खटिएको थियो।
Read full story at source (ratopati.com)