पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न नपाइने , उच्च अदालतले जारी गर्यो अन्तरिम आदेश
nepallive.com · Wed Aug 19 14:49:07 GMT 2026

काठमाडौ- उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अच्युत कुइकेलको एकल इजलासले भदौ ३ गते मङ्गलबार जिल्ला प्रहरी परिसर ललितपुरका नाममा उक्त आदेश जारी गरेको हो। उच्चकाे यो आदेशपछि श्रेष्ठलाई पक्राउ गर्न नपाइने भएको छ ।
उक्त समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपालमा उजुरी परेको र काउन्सिलले स्पष्टीकरण सोधेपछि पत्रिकाले त्यसको खण्डन तथा प्रतिक्रियासमेत प्रकाशित गरिसकेको अदालतको आदेशमा उल्लेख छ। प्रेस काउन्सिलमा परेको उजुरीको टुङ्गो नलागेको अवस्थामा प्रहरीले पक्राउ गर्न सक्ने आशङ्का रहेकाले अदालतले नागरिकको वैयक्तिक स्वतन्त्रता रक्षाका लागि अन्तरिम आदेश जारी गरेको हो।
Read full story at source (nepallive.com)