वरिष्ठ पत्रकार कोइरालाको निधन
gorkhapatraonline.com · Sun Mar 30 18:06:39 GMT 2025

काठमाडौँ, चैत १७ गते । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आज साँझ निधन भएको छ । केही दिनअघि घरमै लड्नुभएका कोइरालालाई उपचारको लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।
पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गर्नुभएको थियो । कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उहाँले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गर्नुभएको थियो ।
Read full story at source (gorkhapatraonline.com)