होर्मुजमा उद्धार योजना स्थगित
ratopati.com · Fri Jun 26 05:03:10 GMT 2026

तेहरान । संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आईएमओ) ले स्ट्रेट अफ होर्मुजमा अलपत्र परेका ११ हजारभन्दा बढी नाविकको उद्धार योजना अस्थायी रूपमा स्थगित गरेको छ । स्ट्रेट भएर गइरहेको एक मालवाहक जहाजमाथि आक्रमण भएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै योजना रोकिएको हो ।
आईएमओका महासचिव आर्सेनियो डोमिङ्गेजले केही जहाजबाट नाविकहरूको सफलतापूर्वक उद्धार गरिसकिएको भए पनि आवश्यक सुरक्षा सुनिश्चित नभएसम्म थप उद्धार कार्य अघि नबढाइने बताएका छन् । बेलायतको समुद्री सुरक्षा निकाय युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार ओमानको दाहित बन्दरगाहबाट करिब ७ दशमलव ५ समुद्री माइल दक्षिण–पूर्वमा रहेको एक जहाज अज्ञात प्रक्षेप्यबाट आक्रमणमा परेको थियो । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
Read full story at source (ratopati.com)