मध्य अफ्रिकी गणतन्त्रको सुनखानीमा पुरिएर कम्तीमा ३० मजदुरको मृत्यु
ratopati.com · Wed Aug 19 15:05:01 GMT 2026

बाङ्गुई । मध्य अफ्रिकी गणतन्त्रको पश्चिमी क्षेत्रमा क्यामरुनको सीमाना नजिकै एउटा सानो स्तरको सुनखानी भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार मंगलबार भएको दुर्घटनापछि उद्धार कार्य जारी छ र भग्नावशेषमा अझै केही मानिस पुरिएको आशंका गरिएको छ ।
क्यामरुनी सञ्चारमाध्यमका अनुसार दुर्घटना क्यामरुनको पूर्वी क्षेत्रमा पर्ने गारुवा–बुलाइ सहरबाट केही किलोमिटर टाढा रहेको जाम्बोये गाउँमा भएको हो । नाना–माम्बेरे प्रिफेक्चरका उपमेयर सुलेमान बीले बुधबार उद्धारकर्ता र स्थानीय बासिन्दाले केही घण्टाको प्रयासपछि खानीबाट ३० जनाको शव निकालेको बताए । घाइते खानी मजदुरहरूको उपचार भइरहेको उनले जानकारी दिए ।
Read full story at source (ratopati.com)