राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी?
nepallive.com · Wed Aug 19 15:09:00 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ बहादुर रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
रावल नेपाल राष्ट्र बैंकका अनुभवी अधिकारीमध्ये एक हुन्। उनी हाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्। राष्ट्र बैंकको आधिकारिक विवरणअनुसार उनले बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशक को जिम्मेवारी सम्हाल्दै आएका थिए।
Read full story at source (nepallive.com)