कर्णाली सरकारमा तीन सातापछि बल्ल तीन मन्त्री
ukeraa.com

सुर्खेत : मुख्यमन्त्री नियुक्त भएको तीन साता पछि मङ्गलबहादुर शाहीले कर्णाली प्रदेश सरकार विस्तार गरेका छन्। उनले बुधवार एमालेबाट सरकारमा सहभागी हुने तीन मन्त्री नियुक्त गरे। उनीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका थिए।
सत्तारुढ दल एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच बुधवार दिउँसो मन्त्रालय भागबन्डामा सहमति जुटे लगत्तै तीन मन्त्री नियुक्त भएका हुन्। एमालेको तर्फबाट टेकराज पछाई आर्थिक मामिला तथा योजना मन्त्री, जितबहादुर मल्ल सामाजिक विकास मन्त्री र कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा नियुक्त भएका थिए।
Read full story at source (ukeraa.com)