ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
ratopati.com · Tue Sep 01 17:20:03 GMT 2026
ताप्लेजुङ । साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत मंगलबार भएको सेमिफाइनलको पहिलो खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सिराहा फाइनलमा प्रवेश गरेको हो । उपाधि नजिक पुगेको सिराहा साबिकको विजेता समूह हो ।
फाइनल प्रवेशका लागि दोस्रो हाफमा निशकुमार श्रेष्ठ र फागुराम थारूले गोल गरेका थिए । सलहेशले सातदोबाटो एफसीलाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यता जर्जियन युनाइटेडले ताप्लेजुङ–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
Read full story at source (ratopati.com)