‘गंगाजल’लाई लिएर भारत र बंगलादेशबिच तानातान
ratopati.com · Wed Aug 19 15:45:00 GMT 2026

ढाका । भारत र बंगलादेशबिच गंगा नदीको पानी बाँडफाटसम्बन्धी विवाद फेरि सतहमा आएको छ । सन् १९९६ मा दुई देशबिच भएको ‘गंगाजल सन्धि’को म्याद यसै वर्ष डिसेम्बरमा सकिन लाग्दा बंगलादेशले नयाँ सन्धिमा पानीको न्यूनतम आपूर्ति सुनिश्चित गर्ने ‘ग्यारेन्टी प्रावधान’ पनि समावेश गर्नुपर्ने माग अघि सारेको छ ।
बंगलादेशले आफ्नो जलअधिकारको संरक्षणका लागि आवश्यक परे अन्तर्राष्ट्रिय मञ्चमा समेत विषय उठाउने संकेत गरेको छ । मंगलबार ढाकामा आयोजित ‘गंगा जल सन्धि : पुनर्विचारका विषय’ विषयक कार्यक्रममा जलस्रोत मन्त्री शाहिदुद्दिन चौधरी अनीले बंगलादेशको यस्तो धारणा सार्वजनिक गरेका हुन् । कार्यक्रम बंगलादेश इन्स्टिच्युट अफ ल एन्ड इन्टरनेसनल अफेयर्सले आयोजना गरेको थियो ।
Read full story at source (ratopati.com)