रेडक्रस जग्गा घोटालामा प्रतिवेदन आएको दुई वर्षपछि अनुसन्धान सुरु, तर समातिए लगत्तै पाँचै जना हाजिर जमानीमा छुटे
ukeraa.com

काठमाडौं : रेडक्रस सोसाइटीको नाममा भक्तपुरमा जग्गा किन्दा अनियमितता गरेको आरोपमा सोसाइटीका पूर्व पदाधिकारी पक्राउ परेका छन्। जग्गा खरिदमा करिब २ करोड घोटाला भएको दाबीसहित केन्द्रीय अनुसन्धान ब्युरोले बुधवार पाँच जनालाई पक्राउ गरेको हो। २०८१ मा भएको छानबिनको प्रतिवेदनका आधामा सिआइबीले उनीहरूलाई पक्राउ गरेको हो।
ब्युरोले रेडक्रसका पूर्वअध्यक्ष सञ्जीव थापा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ निकोसेराका ५२ वर्षीय राजेश देशमरु, नुवाकोटका ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायणका मदनकृष्ण फोजु र काठमाडौं बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसीलाई पक्राउ गरेको हो। उनीहरूलाई ठगीसम्बन्धी कसुरमा म्याद थपका लागि अदालत लगिएकोमा अदालतले म्याद थप नगरी थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।
Read full story at source (ukeraa.com)