फुटपाथमा मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरी नै ट्राफिक कारबाहीमा
techpana.com · Wed Jul 01 04:00:35 GMT 2026

काठमाडौं । फुटपाथमा मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरी नै ट्राफिक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने छुट कसैलाई नभएको भन्दै उनलाई कानुन बमोजिम कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ । उनलाई लापरवाहीपूर्वक सवारी चलाएको कसुरमा कारबाही गरिएको हो ।
काठमाडौंमा एक ट्राफिक प्रहरीले फुटपाथमा मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ट्राफिक नियमको पालना ट्राफिक प्रहरीबाटै नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
Read full story at source (techpana.com)