ललितपुरको चक्रपथ खण्डमा बल्न थाल्यो स्मार्ट सडक बत्ती: बालकुमारीदेखि बल्खुसम्म झिलिमिली (तस्बिरहरू)
ratopati.com · Wed Aug 19 18:33:48 GMT 2026

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने ७.९ किलोमिटर चक्रपथ खण्डमा अत्याधुनिक स्मार्ट स्ट्रिट लाइट सञ्चालनमा ल्याएको छ ।
बालकुमारी पुलदेखि बल्खुसम्मको खण्डमा जडान गरिएका स्मार्ट बत्तीहरूको बुधबार बेलुका बालकुमारी पुलबाट बटन दबाएर औपचारिक शुभारम्भ गरिएसँगै चक्रपथ रातको समयमा झिलिमिली र उज्यालो बनेको छ । नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब बालकुमारीदेखि सातदोबाटो र एकान्तकुना हुँदै बल्खुसम्मको खण्डमा रात्रिकालीन यात्रा थप सहज र उज्यालो भएको छ ।
Read full story at source (ratopati.com)