महाकाली नदीमा पानीको बहाव वर्षकै उच्च
gorkhapatraonline.com · Tue Sep 01 17:39:22 GMT 2026

महाकाली नदीमा पानीको बहाव यो वर्षकै उच्च विन्दुमा पुगेको छ। आज बिहान नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक रहेको थियो । बेलुकी ९ः०० बजे गरिएको मापनअनुसार पानीको बहाव एक लाख ८१ हजार क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।
“बेलुकी ६ः०० बजेको मापनमा जलस्तर बढेर एक लाख ८७ हजार २३२ क्युसेक थियो । अहिले एक लाख ८१ हजारमा झरेको छ,” उहाँले भन्नुभयो, “पानीको बहाव बढेसँगै आज दिनभर बनबासा पुलमा चारपाङ्ग्रे सवारी चल्ने सकेनन् ।” महाकाली नदीमा जलस्तर एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)