मर्स्याङ्दी नदीमा बाढीको उच्च जोखिम: भकुण्डेबेशीमा जलसतहले खतराको तह पार गर्यो
ratopati.com · Tue Sep 01 17:49:34 GMT 2026

काठमाडौँ । लमजुङस्थित मर्स्याङ्दी नदीमा बाढीको सतहले खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार राति ११ः१५ बजे भकुण्डेबेशी जलमापन केन्द्रमा नदीको जलसतहले खतराको चिन्ह नाघेको हो ।
महाशाखाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार मर्स्याङ्दी नदीमा पानीको सतह अहिले पनि बढ्दो क्रममा रहेको छ। नदीमा पानीको बहाव बढेसँगै बाढीको जोखिम उच्च भएको छ ।
Read full story at source (ratopati.com)