धर्मस्थलीमा खोलाले बगाएर बालक बेपत्ता
ratopati.com · Tue Sep 01 17:47:04 GMT 2026

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थलीमा खोलाले बगाएर एकजना बालक बेपत्ता भएका छन् । विद्यालयबाट घरमा जाँदै गर्दा चिप्लिएर ६ वर्षीय सुरज बम्जन बेपत्ता भएका हुन् । घट्टेखोलामा चिप्लिएर बेपत्ता भएका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए ।
साँझ ७ बजेर १५ मिनेटमा हराएका बम्जनको खोजीमा प्रहरी परिचालन गरिएको छ । मकवानपुरको हेटौँडा घर भएर धर्मस्थली बस्दै आएका बम्जन विद्यालयबाट फर्किँदै गर्दा बेपत्ता भएका हुन् ।
Read full story at source (ratopati.com)