आश्मा केसी र नीति शाहद्वारा ५१ टेन्टसहित १५ लाखसम्मको राहत सहयोग
ratopati.com · Tue Sep 01 17:53:21 GMT 2026

काठमाडौँ । पूर्व मिस नेपाल आश्मा केसी र अभिनेत्री नीति शाहले रसुवाका बाढीपीडितहरूका लागि आर्थिक सहयोग तथा राहत सामग्री उपलब्ध गराएका छन् । विपद्को चपेटामा परेका स्थानीयलाई राहत दिने उद्देश्यले उनीहरूले करिब १२ देखि १५ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेका हुन् ।
उनीहरूले करिब १० लाख रुपैयाँ सङ्कलन गरी बाढी प्रभावित क्षेत्रमा ५१ वटा टेन्ट उपलब्ध गराएका छन् । टेन्टको साथै २०० कार्टुन चाउचाउ र अन्य अति आवश्यक सामग्रीहरू समेत वितरण गरिएको छ ।
Read full story at source (ratopati.com)