मउरिन्हो फेरि रियालको कमाण्डमा, २०२९ सम्मको जिम्मेवारी
barnanmedia.com · Wed Aug 19 22:18:00 GMT 2026
स्पेनिस दिग्गज क्लब रियाल मड्रिडले पोर्चुगिज प्रशिक्षक जोसे मउरिन्होलाई पुनः मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । क्लबले मउरिन्होलाई औपचारिक रूपमा नयाँ मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गर्दै सन् २०२९ सम्मको सम्झौता गरेको हो । मउरिन्होले क्लबको प्रशिक्षण केन्द्रमा रियालका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । रियालको प्रशिक्षकका रूपमा यो उहाँको दोस्रो कार्यकाल हुनेछ । यसअघि उहाँले सन् २०१०/११ देखि २०१२/१३ सम्म रियालको प्रशिक्षण सम्हाल्नुभएको थियो ।
लगातार दुई सिजन प्रमुख उपाधिविहीन बनेपछि रियालले टोलीलाई पुनः प्रतिस्पर्धात्मक लयमा फर्काउने उद्देश्यसहित अनुभवी मउरिन्होलाई जिम्मेवारी दिएको हो । क्लब व्यवस्थापनले मउरिन्होसँग टोलीमा अनुशासन, प्रतिस्पर्धात्मक भावना र जितको मानसिकता पुनः स्थापित गर्ने अपेक्षा गरेको छ ।
Read full story at source (barnanmedia.com)