२४ घण्टामा २ हजार १५७ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व सङ्कलन
aarthiknews.com

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार १५७ चालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा २१ लाख ४० हजार ५४६ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०१ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १०५ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने ११७ जनालाई कारबाही गरिएको छ।
Read full story at source (aarthiknews.com)