ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
barnanmedia.com · Thu Aug 20 00:11:01 GMT 2026

बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिगाहा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन । धान र तोरी फलाउँदै आएको खेतमा सुरु गरिएको अम्बा खेतीले अहिले उहाँलाई परम्परागत खेतीभन्दा राम्रो आम्दानी दिन थालेको छ ।
“व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक ‘सिजन’मा करिब रु दुई लाख ५० हजारसम्म आम्दानी हुन्छ,” विष्टले भन्नुभयो । उहाँका अनुसार अम्बाको वर्षमा दुई सिजन उत्पादन हुन्छ । धान र तोरी खेती गर्दै आएको खेतमा व्यावसायिक अम्बा खेती सुरु गर्दा सुरुमा केही जोखिम लिएजस्तो लागे पनि अहिले आम्दानी राम्रो हुन थालेपछि उहाँ सन्तुष्ट हुनुहुन्छ ।
Read full story at source (barnanmedia.com)