यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
corporatenepal.com · Thu Aug 20 00:27:30 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ९१ पैसा र बिक्रीदर १५३ रुपियाँ ५१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपियाँ ४६ पैसा र बिक्रीदर १७८ रुपियाँ १६ पैसा , युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ २९ पैसा र बिक्रीदर २०८ रुपियाँ ११ पैसा , स्विस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ ७१ पैसा र बिक्रीदर १८९ रुपियाँ ४५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ २३ पैसा र बिक्रीदर १०८ रुपियाँ ६५ पैसा , क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ २३ पैसा र बिक्रीदर ११० रुपियाँ ६७ पैसा , सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ८० पैसा र बिक्रीदर १२० रुपियाँ २७ पैसा तोकिएको छ ।
Read full story at source (corporatenepal.com)