नविता श्रेष्ठको पाँचौं एसियाड यात्रा: ग्वाङ्झाउदेखि नागोयासम्म
annapurnapost.com · Thu Aug 20 00:43:47 GMT 2026
काठमाडौं : खेलाडीको करियरमा एउटा एसियाली खेलकुद खेल्नु नै ठूलो उपलब्धि मानिन्छ। एसियाका शक्तिशाली खेलाडीबीच आफ्नो देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नु आफैंमा गौरवको विषय हो।
नेपाली टेबलटेनिस स्टार नविता श्रेष्ठका लागि एसियाली खेलकुद नयाँ र नौलो होइन, उनी यसपटक पाँचौंपटक एसियाली खेलकुदको मञ्चमा उत्रिँदैछिन्। सन् २०१० मा चीनको ग्वाङ्झाउबाट सुरु भएको उनको एसियाली खेलकुदको यात्रा २०१४ को इन्चोन, २०१८ को जकार्ता र २०२३ को हाङझाउ हुँदै अब जापानको आइची–नागोयासम्म आइपुगेको छ। २०औं एसियाली खेलकुदमा नेपालबाट महिला टेबलटेनिस टोलीमा नविताको नाम समावेश भएसँगै उनी पाँचौं एसियाड खेल्ने नेपाली खेलाडी बन्नेछिन्।
Read full story at source (annapurnapost.com)