युक्रेनमा पूर्वरक्षामन्त्रीले गरे राष्ट्रपति चुनावको माग
kendrabindu.com · Thu Aug 20 00:58:38 GMT 2026

किभ । रुससँग युद्ध जारी रहेकै बेला युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभले राष्ट्रपति चुनावको माग गरेका छन्। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका निकट सहयोगीमध्येका फेडोरोभले नै सार्वजनिक रूपमै चुनावका लागि माग गरेका हुन्। यसलाई रुससँगको युद्ध सुरु भएयता जेलेन्स्कीसामु देखिएको सबैभन्दा ठूलो आन्तरिक चुनौती मानिएको छ।
फेडोरोभले जुलाईमा रक्षामन्त्रीको पद गुमाएका थिए। उनले युट्युबमा सार्वजनिक भिडियो सन्देशमार्फत लामो युद्धका बीच पनि युक्रेनमा लोकतान्त्रिक प्रक्रिया पुनःस्थापित गर्न कानुनी, सुरक्षित र व्यावहारिक उपाय खोज्नुपर्ने बताए।
Read full story at source (kendrabindu.com)