राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
annapurnapost.com · Thu Aug 20 00:52:29 GMT 2026

काठमाडौं : नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो।
बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रावललाई सरकारले आगामी पाँच वर्षका लागि डेपुटी गभर्नरमा नियुक्त गरेको छ। राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर हुने व्यवस्था नेपाल राष्ट्र बैंक ऐन २०५८ मा रहेको छ।
Read full story at source (annapurnapost.com)