आयोगका सचिव हटाउन आयुक्तले प्रधानमन्त्रीलाई लेखे पत्र
kendrabindu.com · Thu Aug 20 01:33:08 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका एक आयुक्तले सचिव मुरारीप्रसाद खरेललाई अवकाश गराउन पत्र लेखेका छन्। आयुक्त मिहिर ठाकुरले आयोगका अध्यक्ष तपबहादुर मगरलाई पठाएको पत्रको बोधार्थ प्रधानमन्त्री वालेन्द्र शाहलाई पनि पठाइएको छ।
त्यस्तै, अरु आयुक्तसँगै मुख्यसचिव गोविन्द कार्कीलाई पनि बोधार्थ दिइएको छ। सचिव खरेलको ५ वर्षे कार्यकाल सकिएको दाबी गर्दै ठाकुरले सेवा निवृत्त गराउन माग गरेका हुन्।
Read full story at source (kendrabindu.com)