‘ककाकिकी’ को शीर्ष गीत सार्वजनिक,
nagariknews.nagariknetwork.com · Thu Aug 20 01:58:13 GMT 2026

आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत चलचित्रको गीत सार्वजनिक गरेको हो।
‘ककाकिकी’ को सार्वजनिक गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ। गीतमा अर्जुन सापकोटाकै संगीत तथा हुकलाइन रहेको छ भने शब्द सन्तोष सापकोटाले लेखेका हुन्। सार्वजनिक गीतले गाउँघरको उत्सव, रमाइलो र सामूहिक सेलिब्रेसनको माहोललाई प्रस्तुत गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)