६६० केजी गाँजासहित सर्लाहीबाट दुईजना पक्राउ
ratopati.com · Thu Aug 20 02:07:26 GMT 2026

काठमाडौँ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर–१४ स्थित डाइनीखोलाबाट ६६० केजी गाँजा बरामद गरेको छ । बुधबार ब्यूरोको बर्दिबास शाखाबाट खटिएको टोलीले डाइनीखोला स्थित दुई ठाउँमा लुकाएर राखेको गाँजा बरामद गरेको हो ।
गाँजा लुकाएर राख्ने दुईजनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्यूरोका डीएसपी जिवन निरौलाले जानकारी दिए । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ घर भएका ६३ वर्षीय नर बहादुर थिङ र ५२ वर्षीया जेसुन माया थिङ छन् ।
Read full story at source (ratopati.com)