पूर्वप्रधानमन्त्री देउवा, ओली र दाहालको स्वकीयमाथि अख्तियारको छानबिन
kendrabindu.com · Thu Aug 20 02:14:23 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीयमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन अघि बढाएको छ। ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, देउवाका स्वकीय सचिव भानु देउवा र दाहालका स्वकीय सचिव गंगा दाहालको सम्पत्तिमाथि आयोगले अनुसन्धान अघि बढाएको हो।
‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रारम्भिक चरणमा अध्ययन गरेर सम्बद्ध कसुर नभएकाले हामीकहाँ फाइल पठाइदिएको थियो,’ एक आयुक्त भन्छन्, त्यसपछिको अनुसन्धान अघि बढाएका छौं।’ उनीहरूविरुद्ध अनुसन्धान गर्न भन्दै अख्तियारमा समेत छुट्टाछुट्टै उजुरी परेको थियो।
Read full story at source (kendrabindu.com)
