दाङमा ट्याक्टरसँग ठोक्किँदा अटो चालकको मृत्यु, दुई जना घाइते
barnanmedia.com · Thu Aug 20 02:05:41 GMT 2026

दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गएराती करिब ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा अटोमा सवार तीन जना घाइतेमध्ये अटो चालक जिल्ला दाङ घोराही उपमहानगरपालिकाप-५ बसन्तपुर बस्ने ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा ४ गते बिहान करिब २:४५ बजे मेडिकल कलेज, कोहलपुर बाँकेमा मृत्यु भएको हो भने अन्य दुई जना घाइतेको अवस्था मध्यम रहेको छ ।
Read full story at source (barnanmedia.com)