ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते
ratopati.com · Thu Aug 20 02:46:06 GMT 2026

दाङ । घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट वसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो बुधबार राति एकआपसमा ठोक्किएका थिए ।
Read full story at source (ratopati.com)