‘पेन्सन पट्टा’ भावना र मनोविज्ञानको कथा हो : दयाहाङ राई
ratopati.com · Thu Aug 20 02:59:26 GMT 2026

काठमाडौँ । अभिनेता दयाहाङ राईले फिल्म ‘पेन्सन पट्टा’ नेपाली समाजको एउटा परिचित कथा भएको बताएका छन् । फिल्मले दर्शकलाई आफ्नै जीवन, परिवार र समाजसँग जोड्ने उनको भनाई रहेको छ । २६ भदौदेखि प्रदर्शनमा आउन लागेको फिल्मबारे बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राईले फिल्मको आफ्नो चरित्र खुलाए ।
‘कथा लाहुरे परिवारसँग जोडिएको छ । तर, आफ्नो वास्तविक जीवनमा भने लाहुरे परिवारसँग कुनै पारिवारिक सम्बन्ध छैन‘, उनले भने ‘नेपाली समाजमा लाहुरे परिवारका कथा आफूले नजिकबाट देखेको हो ।‘लाहुरेसँग मेरो पारिवारिक सम्बन्ध छैन । तर छिमेक र नेपाली समाजमा लाहुरे परिवारका कथा धेरै छन् ।’
Read full story at source (ratopati.com)